१९ बैशाख २०८१, बुधबार

सुविधा विभेदले नेपाल एयरलाइन्सका २ दर्जन पाइलटको राजिनामा (पत्र सहित )

nepal airlines

तीन महिनाको समय सीमा तोकेर नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। उनिहरुका अनुसार विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको छ । यो विभेद नै राजिनामा को मुख्य कारण रहेको बुझिएको छ

उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाउने तर विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्। महिनामा ४६ घण्टा उडान्, हप्तामा २ दिन छुट्टी गरेर विदेशीले बिना कर १५ लाख पाउछन्। तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा उडान्, हप्तामा १ दिन विदा गर्दा पनि कर पाइलट आफैले तिर्दै आएका छन्।

क्याप्ट्न श्रवण रिजालले जनाए अनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्।

के चाहन्छन पाइलटहरु ?

नेपाल एयरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि राख्दै आएका थिए। यसै अनुरुप उनिहरुले व्यवस्थापनलाई दुई विकल्प दिएका छन् :

१) तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने।
२) अथवा सबैको राजिनामा स्वीकृत गरेर करारमै पाइलटहरु लिएर काम चलाउने।

एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजिनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजिनामा बुझाउने तयारी गरिरहेका छन्।

nepal airlines resignation letter