२० बैशाख २०८१, बिहीबार

फिल्म “प्रेमगीत ३” को ७० दिनमा छायाँकन सम्पन्न

premgeet cover

यस बर्षको बहुप्रतिक्षित फिल्महरु मध्येका एक प्रेमगीत ३ को छायाँकन सकिएको छ । छेतेन गुरुङ तथा सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्मको छायाँकन ७० दिनमा सकिएको हो ।

चैत्रको २८ बाट प्रदर्शनमा आउने यस फिल्मको सम्पुर्ण निर्माण टिम छायाँकन सकेर काठमाडौ आइपुगेका फिल्मका निर्माता तथा निर्देशक सन्तोस सेनले बताएका छन । करिब दुइ सय बर्ष पुरानो प्रेमकथामा बनेको यस फिल्ममा प्रदिप खडका र नव अभिनेत्री कृष्टिना गुरुङको साथमा शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष रायत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभब रेग्मी, योगिसा खत्री लगायत कलाकारहरको अभिनय रहेको छ ।

premgeet crew

करिब ३ करोडको लगानिमा निर्माण भएको फिल्मको छायाँकन काठमाडौको किर्तिपुरमा भब्य सेट निर्माण गरेर गरिनुका साथै मनाङको ३ हजार ५ सय मिटरको उचाइमा अधिकाँस हिउ परेको ठाउमा गरिएको हो । आशुुसेन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको छायाँकनमा राजेश श्रेष्ठ सम्पादनमा बनिश शाह र भुपेन्द्र अधिकारी र एक्सनमा हिमाल केसीको रहेको छ ।