७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्छ : पम्फा भुसाल

Pampha Bhusal
फाइल फोटो

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने बताएकी छिन् । भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने समेत चेतावनी दिएकी छन् ।

राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्रीको अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइकी हुन् । भुसालले भनिन् ‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो । राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्छ ।’