Close Me
१३ चैत्र २०८१, बिहीबार

नेकपाका साइबार स्यालहरु एमाले हुँदापनि अझै बाँचेका रहेछनः माधवकुमार नेपाल

madhab kumar nepal
फाइल फोटो

नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका साइबर स्यालहरु एमाले पार्टी हुँदापनि ज्युँदै रहेको आरोप लगाएका छन । आज झलनाथ-माधव समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन्। कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने छैन,’ उनले भने।

उनले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताए । ‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ नेपालले भने। तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालले बताए।