१३ बैशाख २०८१, बिहीबार

प्रचण्ड नेपालको बुढानिलकण्ठ कनेक्शन

deuba scaled

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जादैं छन् ।

प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह राजनीतिक रुपमा विभाजित भएपछि अब कांग्रेसको साथ र समर्थन बिना अर्को सरकार बन्ने अवस्था छैन ।

कांग्रेसलाई आफूतिर तान्ने अभियानमा नेकपाका दुबै गुट लागिपरेका छन् ।

प्रचण्ड- नेपालले देउवासँग आज भेट्ने कार्यक्रम छ। चितवनबाट जहाजमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। देउवाका सहयोगी भानु देउवाले सभापति देउवासँग प्रचण्ड-नेपालले भेट्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।