११ बैशाख २०८१, मंगलवार

केपी शर्मा ओलीले राजीनामा नदिने, निर्वाचन गराउने : मन्त्री श्रेष्ठ

krishna gopal shrestha

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उहाँले बताउनु भयो ।

सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भन्नु भयो , ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’

कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने उहाँले बताउनु भयो। ‘राजिनामा दिने हामी कायर हो र, कुनै पनि हालतमा राजिनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भन्नु भयो ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने तर यो फैसलाले झन् विवाद बढाएको उहाँले जिकीर गर्नु भयो ।