२२ बैशाख २०८१, शनिबार

फागुन ४ गते प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव

Gath sher Prachanda Madhav 1

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसद्बाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरूबीच परामर्श भएको हो ।

भेटमा प्रमुख विपक्ष दल नेकपा (एमाले)का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा पनि उहाँहरूबीच विचार विमर्श भएको थियो ।

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ः०० गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ गतेका निम्ति प्रस्ताव गर्नुभएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धन बीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उहाँहरूबीच छलफल भएको थियो ।रासस