१५ चैत्र २०८०, बिहीबार

प्रदेशसभा भङ्ग गर्ने तागत मुख्यमन्त्री राईसँग छैनः नेताआचार्य

bim acharya

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भङ्ग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग नभएको बताउनुभएको छ ।

राजधानी काठमाडौंमा पत्रकार सम्मेलनगर्दै आचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भङ्ग गर्न नसक्ने बताउनुभयो । अविश्वासको प्रस्तावदर्ता भएको दुई महिनाको अवधिमा मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने कामगरिरहेको उहाँले बताउनुभयो । अल्पमतमा परेका मुख्यमन्त्री राई दुई महिनादेखि संसदबाट भागिरहेको आचार्यको भनाई थियो ।

तर, अब धेरै भाग्ननसक्ने उहाँले बताउनुभयो । अविश्वासको प्रस्तावको पक्षमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी लगायतले पनि साथदिने पनि आचार्यले बताउनुभयो । प्रदेशसभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने उहाँको माग छ ।