१३ बैशाख २०८१, बिहीबार

प्रचण्डले वैध, डाक्टरलाई छाडेर अहिले झाँक्री बोक्नु भएको छ : प्रधानमन्त्री ओली

oli biratnagar

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले हिजो वैद्य, डाक्टरलाई बोकेर छाडे अहिले झाँक्री बोकिरहे पनि सफल नहुने बताएका छन् ।

विराटनगरमा आज भएको नेकपा ओली समूहको आमसभामा प्रधानमन्त्री ओलीले प्रचण्ड फुटवादी भएको भन्दै सो आरोप लगाएका हुन् ।

उनले भने, ‘ खिइँदै गएको प्रचण्डलाई सिंग र जुरो हालिदिएको तर अहिले अहंकार बढ्दै गएको छ । उनलाई अब झाँक्रीले बचाउन सक्दैन ।’

प्रधानमन्त्री ओलीले प्रचण्डले खिइँदै गएर सकिने बाटो रोजेको बताए । उनले भने, ‘जंगलमा गोठालो हिड्दै गरेको बाटो जस्तो बिलाउने बाटो रोज्नु भएको छ । अझै पनि पार्टीमा फर्किने भए स्वागत छ ।’ उनले पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ र सांसद उषाकला राई यस पार्टीमा फर्किएको भन्दै कतिपयलाई झुक्याएर, धम्क्याएर जसले सही गरेका थिए । तपाइँहरु सबै फर्कनुहोस् ।’ उहाँहरु हरेक कुरा भएपछि मुद्दा हाल्न जाने काम गरेको बताए । उनले भने, ‘सभामुखले झगडिया हुन सुहाउँछ ।

सभामुख जस्तो पदका मानिसले कीर्ते सनाखत गर्छ ।’ उपराष्ट्रपति जस्तो पदले भाषण गर्न हिडेको नसुहाउने प्रधानमन्त्री केपी ओलीले बताए ।