१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड–माधवलाई प्रदेश कब्जा गर्न दिन्नौं : शेरधन राई

rai

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड-माधव समूहले प्रदेश तहमा पनि आक्रमण सुरु गरेको भन्दै त्यसलाई पराजित गरेरै छाड्ने बताउनु भएको छ ।

नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभामा सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका राईले प्रदेश कब्जा गर्ने प्रचण्ड-माधव समूहको योजना बिफल पार्ने बताउनु भएको छ ।

प्रदेशसभामा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। ‘दाहाल–नेपाल–खनाल कम्पनीले विधि विधानको राग अलाप्ने तर त्यसैको उल्लंघन गरेर गर्ने, आफ्नै अध्यक्ष र प्रधानमन्त्री हटाउने, मुख्यमन्त्री हटाउने जस्ता हर्कत गर्नुभयो, राईले भन्नु भयो , हामी कुनै हालतमा प्रदेश कब्जा गर्न दिनेछैनौँ ।’

उहाँले अब मुलुकमा निर्वाचनको विकल्प नभएकाले दाहाल–नेपाल–खनाल कम्पनीले पनि नयाँ पार्टी खोलेर चुनावको तयारी गर्न राम्रो हुने बताउनु भयो । बहुमतको आफ्नै सरकारलाई काम गर्न नदिएर प्रचण्ड(माधव समूहले देशलाई अस्थिरतामा धकेलेको उहाँको आरोप छ।