७ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतले देशभरको सभा हेरेकै होला: प्रधानमन्त्री ओली

oli biratnagar

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताउनु भएको छ ।

नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भन्नु भएको छ ।, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’

कुनै कारण प्रतिनिधि सभा पुनर्स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँले बताउनु भयो ।

देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उहाँले भन्नु भयो ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’