२० बैशाख २०८१, बिहीबार

ओलीले मोदीलाई भने- थाँती रहेका समस्या सुल्झाउने बेला आएको छ

modi oli

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको बताएका छन्।

ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने बेला आएको बताएका छन्। उनले भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष दुई देशबीच थाती रहेका समस्या समाधन गर्ने बेला आएको बताएका हुन्।

मंगलबार भिडियो कन्फ्रेन्समार्फत् विराटनगरस्थित एकिकृत सुरक्षा जाँच चौकीको उद्घाटन गर्दै उनले यस्तो बताए। ‘सबै थाती रहेका विषयलाई संवादमार्फत् समाधान गर्ने समय आएको छ,’ ओलीले भने, ‘मेरो सरकार यी विषयमा भारतसँग काम गर्न तयार छ।’

‘मित्रताका आधारमा काम गर्‍यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौं,’ प्रधानमन्त्री ओलीले भने,‘ वार्ताका माध्यमबाट हामीबीच थाँती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी पनि सुल्झाउने बेला आएको छ।’

उनले दुबै देशमा स्थायी र बहुमतको सरकार भएकाले यो उपयुक्त अवसर भएको बताए। ‘मेरो सरकार समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ,’ ओलीले भने।

ओलीले कुन–कुन समस्या भन्ने चाहिँ खुलाएनन्। ओलीले सम्बोधनका क्रममाम मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्।