१४ बैशाख २०८१, शुक्रबार

प्रदेश नं २ का प्रदेश बर्खास्त र नियुक्तिमा काँग्रेसको विरोध

nepali congress

नेपाली काँग्रेसले सरकारको सिफारिसमा प्रदेश नं २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध तथा भत्सर्ना गरेको छ ।

अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर वर्तमान सरकारले यस अघि प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेको थियो । फेरि आज त्यही प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति मार्फत आरोप लगाउनुभएको छ ।

निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई सरकारले आन्तरिक दबाब दिएको आरोप लगाउँदै काँग्रेसले सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु गलत र आपत्तिजनक रहेको टिप्पणी गरेको छ । काँग्रेसले सरकारको यस कदमप्रति विरोध जनाउंदै यस्ता कार्य अविलम्ब रोक्न चेतावनी समेत दिएको छ ।