१५ चैत्र २०८०, बिहीबार

नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन : नेता नेम्वाङ

subas nembang
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताउनुभएको छ । इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको हो भन्नुभयो ।

उहाँले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताउनुभयो । उहाँले तोकिएकै समय चुनाब हुने बताउनुभयो । संविधान सभाका अध्यक्ष समेत रहनुभएका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र आवश्यकता अनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने बताउनुभयो ।