२५ बैशाख २०८१, मंगलवार

राजकुमार ह्यारी र मेगनले शाही उपाधि र सार्वजनिक कोषको प्रयोग गर्न नपाउने

harry and meghan R8JJbC3rGU

बेलायती शाही उपाधि छोड्ने फैसलापछि राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले अब शाही उपाधि (रोयल हाइनेस) र सार्वजनिक कोषको प्रयोग गर्न पाउने छैनन् ।

बकिङ्घम प्यालेसले राजकुमार ह्यारी र उनकी पत्नी मेगनले गएको शनिबार भएको सम्झौताअनुसार शाही परिवारको वरिष्ठ सदस्यता छोडेपछि यी सुविधाको लाभ लिन सक्दैनन् ।

यो वर्षको वसन्त ऋतुमा नयाँ व्यवस्था लागू भएपछि ह्यारी र मेगनको शाही परिवारको सक्रिय सदस्यताको दर्जा पनि सकिनेछ । उनीहरु केवल ड्युक अफ् ससेक्स ह्यारीु र डचेस अफ् ससेक्स मेगनु को रुपमा चिनिने छन् र उनीहरुले हिज रोयल हाइनेसु र ुहर रोयल हाइनेसु उपाधिको प्रयोग गर्न पाउने छैनन् ।

परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’ का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो ।

यद्यपि ह्यारी राजकुमार र बेलायती शाही गद्दीको छैटौ सदस्य भने बनिरहने छन् ।

महारानी एलिजावेथ द्वितीयको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘हामीसँगै मिलेर मेरो नाति र उसको परिवारको लागि सिर्जनात्मक र सहयोगात्मक बाटो खोजिएको छ । ह्यारी, मेगन र अर्चि सधैँ मेरो परिवारको प्रिय सदस्य हुनेछन् ।’

प्यालेसका अनुसार ह्यारी दम्पतीले विन्डसर क्यासलको घर मर्मतमा खर्च भएको करदाताहरुको २४ लाख पाउण्ड राशिको रकम पनि फिर्ता गर्नेछन् ।

    सम्बन्धित समाचार...