१३ बैशाख २०८१, बिहीबार

सरस्वती पुजाको अवसरमा गौरव र लक्ष्मीको ‘घिन्ताङ’ शुभमुर्हूत

150585050 253461179675531 7166695677221581187 o

दीपक श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ । शुक्रबारबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा स्क्रिप्ट पुजा तथा शुभमुर्हूत कार्यक्रम राखिएको थियो । यस फिल्मका मुख्य कलाकार गौरव पहाही र लक्ष्मी बर्देवा उस्थिति रहेका थिए ।

अभिनेत्री एलिजा गौतमलाई फिल्मका लागि अनुबन्धित गरियो थियो । पछि उनले फिल्ममा काम गर्न नभ्याउने भन्दै हात झिकेकी थिइन् ।अन्तरजातिय सम्बन्धको कथामा निर्माण हुन लागेको फिल्ममा निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गर्नेछ ।मुर्हतक कार्यक्रममा बोल्दै निर्देशक दीपकले नयाँ जोश र जाँगरका साथ उत्कृष्ट कथामा दर्शकको मन जित्नेमा विश्वास व्यत्त गरे ।

यस फिल्ममा गौरबले चौतारीमा मादल बजाएर बेच्ने धनेको भुमिका निर्वाह गर्दैछन् भने लक्ष्मीले ब्राम्हमण परिवारकी महिलाको भुमिका छ । यस फिल्ममा गौरब र लक्ष्मीका अलवा निर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकलाकारको अभिनय रहनेछ । फिल्मलाई कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन् । दीपक शर्माको संगीत रहेको ‘घिन्ताङ’मा संकल्प भुजेलले खिच्ने भएका छन् ।