१५ बैशाख २०८१, शनिबार

‘जेल पनि सहुँला’मा जीवन र लक्ष्मीको प्रेम

Laxmi Bardewa Jiban Bhattarai

पछिल्लो समयकि चर्तित तथा ब्यस्त गायिका मेलिना राई तथा बल बहादुर राजवँशिको स्वरमा रहेको ‘जेल पनि सहुँला’ बोलको गीतसँगै म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा रोहन पौडेल जनकको शब्द हरि लम्सालको सँगित रहेको छ । सार्बजनिक भिडियोमा जीवन भट्टराई लक्ष्मी बर्देवा र राज खडकाको अभिनय रहेको छ । भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिष्णु खडकाको रहेको छ भने यस्को निर्देशन जीवन र लक्ष्मीले मिलेर गरेका हुन ।

निक्कै मर्मस्पर्शि शैलिमा रहेको गितको भिडियोमा लक्ष्मी र जिबनको प्रेममा आउने उतारचढाबलाई प्रस्तुत गरिएको छ । पछिल्लो समयका युवापुस्तालाई लक्षित गरि तयार पारिएको गितमा कलाकारहरुको अभिनय तारिफयोग्य रहेको छ ।

    सम्बन्धित समाचार...