२० बैशाख २०८१, बिहीबार

कोरोना संक्रमित सबै बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

dhakal vanuvakta

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।

नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने बताए ।

मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको जानकारी दिए । उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताउनभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।

आचारसंहिता उलंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीजनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गनुृभयो । ‘कोरोना विरुद्धको युद्ध आफ्नै जीवनसँग जोडिएको युद्ध हो । त्यसैले गलत प्रचार गर्दा त्यो लगत हतियारको निसाना सोझिएर आफूतिर पनि आउन सक्छ’, उहाँले भने ।

विश्वव्यापि कोरोनाको सन्त्रास बढिरहेको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले कोरोना भाइरस संक्रमण र मिडियाको भूमिका विषयमा सचेतामूलक कार्यक्रमको आयोजना गरेका हुन् ।