७ बैशाख २०८१, शुक्रबार

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

seismic graph

शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । तिब्बत केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर १८ मिनेटमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यसको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ।

कोरोना भाइरस संक्रमणको त्रासमा रहेका नागरिकलाई एकाविहानैको भूकम्पको धक्काले थप त्रसित बनाएको छ ।

यसै साता आइतबार (चैत्र २ गते) राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको हो। पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षतिको खबर प्राप्त भएको छैन।