१५ चैत्र २०८०, बिहीबार

एनिभर्सरीको खुशी साट्दै जीवन र लक्ष्मी

happy anniversary

रियल लाइफमा जस्तै रिल लाइफमा पनि कलाकारद्धय लक्ष्मी बर्देवा र जीवन भट्टराइको जोडीलाई दर्शकले निक्कै रुचाएका छन् । भिडियोमा अभिनय मात्र होइन, यो जोडी निर्देशनमा पनि अगाडि बढिरहेको छ ।

यसैविच, गायक सुगम पोखरेल र गायिका मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा जीवन र लक्ष्मीको बिबाह उत्सवको खुशी हेर्न सकिन्छ ।

हरि लम्सालको संगीत रहेको गीतमा अमेरिका रहँदै आएका गीतकार तथा गायक कृष्ण केसीले शब्द कोरेका छन् । गीतमा कृष्णले एक जोडीको प्रेम, बिबाह उत्सवको रमाइलो पललाई उल्लेख गरेका छन् ।

भिडियोको निर्देशन रियल लाइफ जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराइले गरेका हुन् । वुद्ध थापाको छायांकन रहेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा अश्विनी बर्देवा, सागर दाहाल, गोपिकृष्ण ढुंगेल र सुष्मा बर्देवाको पनि अभिनय हेर्न सकिन्छ ।