१३ बैशाख २०८१, बिहीबार

‘ज्यानमारा मुस्कान’ युट्युब ट्रेन्डिङमा

0e8ead5981d17436b8dbaccb94da3595 w1000 h500 cp

अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड म्युजिक भिडियो ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ ।

यो म्युजिक भिडियो युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ।

शनि बिश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको ‘ज्यानमारा मुस्कान’मा दुर्लभ केसीको शब्द र आशीष अविरलको संगीत र संगीत संयोजन रहेको छ।

यस गीतको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेको अर्जुन तिवारीले छायांकन गरेका हुन।

भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिष्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोको निर्माता भरतबहादुर बस्नेत र दुर्लभ केसी हुन् ।