१४ बैशाख २०८१, शुक्रबार

‘फूलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी बियोन्से र मदनकृष्णले नयाँ गीत गाउने

1617864859.madan2021 04 08 01 05 50

‘फूलबुट्टे सारी’ बोलको गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्सोले अर्को नेपाली गीत गाउने भएकी छन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग मिलेर उनले अर्को गीत गाउन लागेकी हुन्। 

यसअघि मदनकृष्णले गाएको फूलबुट्टे सारी गीत सुनेपछि बियोन्सेले त्यसलाई पुनः गाएकी थिइन्। गीत गाएपछि मदनकृष्णले उनलाई भेट्ने इच्छा गरेका थिए। सोही आधारमा उनी नेपाल आएकी थिइन्।