११ बैशाख २०८१, मंगलवार

विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने बिरुद्ध मुद्धा

rape symbolic

बझाङमा विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने युवक विरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङ्गमा मुद्दा दर्ता गरिएको छ ।

जिल्लाको केदारस्यु गाउँपालिका २ का १८ वर्षीय युवक जनक ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

किशोरीलाई विवाहको प्रलोभन देखाएर मामाको घरमा लगेर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङ्गले भने जबरजस्ती गर्न खोज्ने युवक फरार रहेको बताउँदै उनको खोजी र घट्ना अनुसन्धान कार्य जारी रहेको जनाएको छ।