१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि

coronachina

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा २७ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का दुई जना, वडा नम्बर ३ का दुई जना , कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का एक जना र कैलालीको भजनी ५ का एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको अस्पतालले जनाएको छ।