१४ बैशाख २०८१, शुक्रबार

दिनेश गौतमको दर्शक नचाउने ‘लखर लखर’ सार्वजनिक

Dinesh Gautam


डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीत बिशेषत : युवा माझ लोकप्रिय हुने तरिकाके निर्माण भएको छ ।

नाचौँ नाचौँ लाग्ने गीतमा केही फरक प्रयोग समेत गरिएको छ । एक अधबैँसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिंङ गराइएको छ । त्यस्तै सारीमा स्पोर्ट्स सुजको प्रयोग समेत केही भिन्न लाग्छ । त्यस्तै सोही गीतमा महिला आवाज अनु सिंहको स्वर समेत पछिल्लो भागमा समेटिएको छ । भारतीय अनुको यो पहिलो नेपाली गीत हो ।

देभ धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ । भिडिओमा विजय राज भुर्तेल रन्जिता विश्वकर्मा लगायत फिचर्ड छन् । रमाइलो गीत ‘लखर लखर’ ले दर्शकको मन जित्नेमा लेखक थापा विश्वस्त छन् ।