२६ बैशाख २०८१, बुधबार

प्रदेशसभामा एमालेका १० सांसदद्वारा एकीकृत समाजवादीको पक्षमा सनाखत

madhav

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । एमालेका २५ सांसदमध्ये १० जनाले मंगलबार एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

प्रदेश सरकारमा सामेल ३ मन्त्री, ३ राज्यमन्त्रीसहित १० सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराएका हुन् ।

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सांसदहरु दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् ।

निर्वाचन आयोगले प्रदेश र स्थानिय जनप्रतिनिधिहरुलाई दल रोज्न भदौ २२ गतेसम्मको समयसीमा दिएको छ ।