६ चैत्र २०८०, मंगलवार

जीवन र लक्ष्मीको ‘रुँदा रुदै हासेको मान्छे’ सार्वजनिक

Ruda Rudai Haseko Manchhe

‘जेल पनि सहुँला’ भन्ने म्यूजिक भिडियोको अपार सफलतापछि कलाकार लक्ष्मी वर्देवा र जीवन भट्टराईले ‘रुँदा रुदै हाँसेको मान्छे’ नामको अर्को भिडियो सार्वजानिक भएको छ ।

रेडियो नेपालद्धारा २०७२ सालमा आयोजित खुल्ला आधुनिक प्रतियोगीतामा दोश्रो भएको उक्त गीतमा गोपालचन्द्र राईको शब्द , बिक्रम राईको संगीतमा, सागर संसार राईले स्वर दिएका छन ।

नाटकबाट अभिनयमा उदाएका जीवन र लक्ष्मीले “रुँदा रुँदै हाँसेको मान्छे म”, बोलको यस भिडियोमा जीवन र लक्ष्मीको प्रेमलाई प्रस्तुत गरिएको छ भने दुइको निक्कै राम्रो अभिनय रहेको छ ।

मर्मस्पर्शि शैलिको यस गीतको भिडियोमा बुद्व थापाको छायांकन , बिष्णु खड्काको सम्पादन तथा कलरिङ र जीवन र लक्ष्मीले नै भिडियोको निर्देशन गरेका हुन ।

लामो समयदेखि कलाक्षेत्रमा आबद्व रहेको जीवन र लक्ष्मी वास्तविक जिवनका समेत रियल जोडि हुन । यी जोडिले बिभिन्न फिल्म नाटक टेलिफिल्म दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन । अभिनयमा निकै रुचाइएका यी जोडि पछिल्लो समय कलाप्रेमि दर्शकमाझ लोकप्रिय बन्दै गइरहेका छन ।