१५ बैशाख २०८१, शनिबार

‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’बाट मुक्तिनाथ विकास बैंक सम्मानित

muktinath bikas bank

आर्थिक वर्ष २०७५/०७६ को लागि ‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाइ पुरस्कार प्रदान गर्ने गरेकाे छ।

विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ मुक्तिनाथ विकास अगाडि देखिएको हो।

आइक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो।

विधाहरुमा

१. बैंकिङ्ग क्षेत्र
२. वित्तीय क्षेत्र
३. बीमा क्षेत्र
४. सार्वजनिक क्षेत्र ईकाइ
५. सामान्य क्षेत्र

विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो। उक्त समारोहका विशेष अतिथि महालेखा परिक्षक श्री टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए।

बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए।