१४ बैशाख २०८१, शुक्रबार

देशभर फेरि पानी पर्ने, शनिबारबाट मौसममा सुधार

rain kathmandu

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि पनि देशभर मौसममा बदली आएको छ ।

दुईदिनअघि पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको प्रणालीको असर पश्चिमी भूभागमा देखिइसकेको छ भने मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर दुईदिन देशैभर पर्नेछ । “आज काठमाडौंसहित देशका विभिन्न भागमा पानी पर्ने सम्भावना छ,” मौसम्विद् प्रतिभा मानन्धरले बिहीबार बिहान भनिन्, “यसको असर भोलिसम्मै कायमै रहनेछ । पर्सिदेखि मौसममा सुधार आउनेछ ।”

snowfall kathmandu

यस्तो छ मौसम विभागको तीन दिनको मौसम विश्लेषणः

माघ २ गते (बिहिबार)

दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रही बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको।मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भू्-भागमा सामान्य बदली रहि बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति: देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

स्रोत्: बाह्रखरी ड्ट कम