१२ बैशाख २०८१, बुधबार

अमेरिका र चीनबीच पहिलो चरणको ‘ऐतिहासिक व्यापार’ सम्झौता

EOV OboWoAEHW4y U4feYND0K3

चीन र अमेरिकाबीच व्यापार युद्धलाई सहज बनाउने उद्धेश्यका साथ बहुप्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित विशेष समारोहमा उक्त सम्झौता भएको हो ।
समारोहलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता वास्तवमै महत्त्वपूर्ण सफलता भएको बताए । सम्झौतामा चीनले अमेरिकी आयातमा २०० बिलियन डलरको बृद्धि गर्ने र बौद्धिक सम्पत्ति नियमहरूलाई सुदृढ पार्ने प्रतिबद्धता जनाएको छ । ‘यहाँ अगाडि बढ्नुपर्ने अझै धेरै कामहरू छन्’ युएस चेम्बर अफ कमर्सका चाइना सेन्टरका अध्यक्ष जेरेमी वाटरम्यानले भने।

शीर्ष रिपब्लिकन दाताहरू र व्यापारिक नेताहरूको उपस्थितिमा सम्पन्न समारोहमा भएको सम्झौतालाई राष्ट्रपति ट्रम्पले ‘ऐतिहासिक सम्झौता’ को संज्ञा दिएका छन् । ‘हामी सँगसँगै विगतको गल्तीहरूलाई सही गर्दैछौं र आर्थिक न्याय र सुरक्षा को भविष्य प्रदान गर्दैछौं’ उनले भने । ट्रम्पले यो सम्झौतालाई पहिलो चरणको सम्झौता भएको बताएका छन् । यस सम्झौताले केहि समस्याहरूलाई सम्बोधन गर्ने समेत उनले बताए ।

अमेरिका र चीन २०१८ देखि एकदमै पेचिलो व्यापारिक युद्धमा संलग्न छन् । जसले विश्व अर्थतन्त्रलाई प्रभाव पारिरहेको छ । यस सम्झौतामा अमेरिकाले बौद्धिक सम्पत्ति र बढी अमेरिकी सामानहरू किन्ने प्रतिबद्धताबारे चीनले गरेका प्रतिज्ञाहरूको बदलामा केही थप शुल्कहरू आधा हुने कुरामा सहमति जनाएको छ।

सम्झौतामा ९ वटा च्याप्टर समावेश गरिएको छ । ती च्याप्टरमा दुबै देशको चिन्ता र चासोहरूलाई पूर्ण रुपमा सम्बोधन गरिएको छ । र यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूलाई स्थिरतासहित विकासको ट्र्याकमा ल्याउने आशा गरिएको छ ।

सम्झौतामा बौद्धिक सम्पत्ति अधिकार ९आईपीआर०, प्रविधि हस्तान्तरण, खाद्य र कृषि उत्पादन, वित्तीय सेवा, विनिमय दर र पारदर्शिता, व्यापार विस्तार साथै द्विपक्षीय मूल्याँकन र विवाद समाधान संयन्त्रहरुलाई विशेष रुपमा समेटिएको छ । पहिलो चरणको यो सम्झौता दुबै देशको हितमा रहेको समेत बताइएको छ । सम्झौतामा अमेरिकाले १२० अर्ब डलरको चिनियाँ उत्पादनको ट्यारिफ १५ प्रतिशतबाट ७।५ प्रतिशतमा घटाउने कुरामा सहमति जनाएको छ। एजेन्सी