१३ बैशाख २०८१, बिहीबार

नम्बर प्लेटमा फेरि वागमती लेख्ने तयारी

embossed number plate

सडकमा अञ्चलअनुसारको पुरानो, इम्बोस्ड र प्रदेशवाला गरी तीन खाले नम्बर भएका सवारी गुडिरहेका छन्प्र देशको नामाकरणपछि सवारी साधनको नम्बर प्लेट फेरि परिवर्तन गर्नुपर्ने भएको छ।

प्रदेश ३ को नाम वागमती राखिएपछि नम्बर प्लेटमा पनि वागमती नै राख्ने तयारी थालिएको छ।

‘प्रदेशको नाम वागमती हुने राजपत्रमा प्रकाशित भइसकेपछि लेटरप्याड र कार्यालयको साइन वोर्ड पनि परिवर्तन गरिसक्यौँ,’ सानाठूला सडक कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले भने, ‘अब चाँडै प्रदेशको नामबाट सवारी साधनको नम्बर प्लेट पनि जारी गर्छौं।’ ~ कान्तिपुर दैनिक