११ बैशाख २०८१, मंगलवार

‘संसद् विघटन गलत हो’, जनता मतको अपमान

Gagan Thapa 1
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित ‘वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट, यसको निकास र आजको अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले संसद् विघटन गर्नु गलत भएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद् विघटन संविधानको मर्म विपरीत भएको तर्क गर्दै सो कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो । उहाँले सरकारको पछिल्लो कदम सच्चिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले सर्वोच्च अदालतले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । संविधान विद् डा विपीन अधिकारीले संविधानमा संसद् विघटन प्रजातन्त्र र संविधानको मूल्य मान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नुपर्ने बताउनुभयो । संविधानसभा सदस्य डिकबहादुर लिम्बू र नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरापलिका प्रमुख भीम पराजुलीले वर्तमान अवस्थाबाट पार पाउन नेपाली कांग्रेले समयमै सही निर्णय लिनुपर्ने धारणा राख्नुभयो