१४ बैशाख २०८१, शुक्रबार

नेकपा केन्द्रीय कमिटी बैठकको मिति सर्‍यो

NCP

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठकको मिति सारेको छ । आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपरेको नेकपाले जानकारी दिएको छ ।

नेकपा सचिवालयको आइतबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ १५ देखि गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेकपाले पुस २३ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।