१४ बैशाख २०८१, शुक्रबार

धुलिखेल नगरपालिका २ मा नेकपाका कोइराला विजयी

NCP

काभ्रेको धुलिखेल नगरपालिका २ को मतगणना सकिएको छ। यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ। नेकपाका देवप्रसाद कोइरालाले ८६८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५८२ मतमा चित्त बुझाए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वासु थापा ६ मत ल्याए भने राष्ट्रिय जनता पार्टी नेपाल कृष्ण बहादुर तामाङ १५मत ल्याए।

यहाँ जम्मा १ हजार ५०२ मत खसेको थियो। यहाँ कुल मतदता १ हजार ८७७ रहेका थिए।