१५ चैत्र २०८०, बिहीबार

समाजवादी पार्टीले पनि खाता खोल्यो, श्यामबाबु राय विजयी

shyambabu ray

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षका लागि शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका छन् ।

३ सय ४७ मत ल्याएर श्यामबाबु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आफ्ना निकटम प्रतिद्वन्दीलाई १९ मतले पछि पार्दै श्यामबाबु विजयी भएका हुन् ।

नका निकटम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत प्राप्त गरे ।

यस्तै जनमत पार्टीका दिनेश राय यादवले ५२ र नेपाली काँग्रेसले २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका २ जनाले खाता समेत खोल्न सकेनन् । १ हजार ३ सय ५६ मतदाता रहेको उक्त वडामा १ हजार ९३ मतदान भएको थियो ।