१२ बैशाख २०८१, बुधबार

बाबुराम भट्टराईले भोक मेटाउन चाउचाउ खान पर्‍यो !

Dr Baburam Bhattarai

सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सधैं चर्चामा आईरहन्छन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । जहाँ गएपनि उनी फेशबुक र ट्विटरमार्फत अपडेट भैरहन्छन् । हालै उनी गृहजिल्लामा पुगेका थिए ।

उनी छोरी मानुषीसहित गृहजिल्ला पुगेका थिए । गोरखा पुग्दा बाबुरामका बाउछोरी २०७२ सालको विनाशकारी भूकम्प लगत्तै केन्द्रविन्दू बारपाक हुँदै लाप्राकसम्म पुगेका थिए । उक्त ठाउँमा जाँदाखेरि बाटोमा भोक मेटाउनको लागि चाउचाउ खाएको पनि उनले जनाएका छन् ।

उनले आफ्नो फेशबुकमा यस्तो लेखेका छन्,”२०७२ सालको विनाशकारी भूकम्प लगत्तै केन्द्रविन्दू बारपाकबाट लाप्राकतर्फ लाग्दा बाटामा भोक मेटाउन चाउचाउको फाँको मार्दै! साथमा अटल र मानुषी!”