१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसले जितेको ठाँउ इन्द्रावती ८ मा पनि नेकपाको विजयी

CPN UML

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केदारनाथ आचार्य विजयी भएका हुन्।

आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई हराउनु भएको हो । आचार्य ७१२ मत ल्याएर विजयी हुनु भएको हो । तामाङले भने ४३९ मत प्राप्त गर्नुभयो ।

78079657 441805616461420 2959323777948712960 n sPFhUcDjRv

इन्द्रावती गाउँपालिका ८ मा भएको उपचुनावमा एक हजार एक सय ७७ मत खसेको छ । त्यसमध्ये १२ मत बदर भएको थियो । एक हजार चार सय ४ मतदाता रहेकोमा ८३।६९ प्रतिशत मत खसेको हो ।

यस वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि यहाँ पुनः चुनाव भएको हो ।