१४ बैशाख २०८१, शुक्रबार

सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार विजयी

download 6

लम्जुङ सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् ।

१० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।यससँगै नेकपाले अहिलेसम्म निर्वाचन भएका ४३ वडामध्ये ४ स्थान जितेको छ ।