१४ बैशाख २०८१, शुक्रबार

महराको तिहार पनि हिरासतमै, थप ७ दिन थुनामा राख्न अनुमति

Mahara arrest

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ। महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि म्याद थपको माग अदालतसमक्ष गरेको थियो ।