१३ बैशाख २०८१, बिहीबार

बार्सा र रियलको खेल स्थगित

Barselona vs Real Madrid

विश्व फुटबलमानै बहुप्रतिक्षित मानिने एल क्लासिको भिडन्त स्थगित भएको छ। स्पेनिस फुटबल महासंघले लालिगाका चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबीच आगामी साता तय भएको खेल स्थगित गरेको हो।

क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै स्पेनिस फुटबल महासंघले बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा हुने खेल स्थगित गरेको हो । महासंघले क्याटलोनियाको तनावका कारण एल क्लासिको खेल रियल मड्रिडको मैदानमा सार्न प्रस्ताव गरेको थियो ।

तर दुवै क्लबले यो प्रस्ताव अस्वीकार गरेपछि महासंघले खेल स्थगित गरेको हो । खेल डिसेम्बर १८ तारिखमा  गर्न प्रस्ताव गरिएको छ। स्पेनिस ला लिगामा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याइरहेको छ ।

केही दिन अघि स्पेनिस अदालतले क्याटलानका तत्कालिन उपराष्ट्रपतिदेखि सभामुखसम्मेत ९ जना नेतालाई १३ वर्षसम्म जेल सजाय तोकेको थियो। त्यसयता क्याटलान शहरमा दिनहुँ विरोध प्रदर्शनहरु भइरहेका छन्।