१२ बैशाख २०८१, बुधबार

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

EFCNjxeU8AA5bpm

गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्।  निर्वाचन मण्डलको नयाँ कार्य समिति घोषणा हुदैछ ।

पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन। कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएको जनाइएको छ। सचिवमा पनि पन्त समूह नै विजयी भएको छ।

सचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।