२० बैशाख २०८१, बिहीबार

केशब भाबुकको पिरिम गाँसेर गीतको भिडियो सार्वजनिक

Pirim Gasera

गायक तथा संगीतकार केशब भाबुकको स्वर शब्द तथा संगीतमा रहेको पिरिम गाँसेर गीतको भिडियो सार्वजनिक भएको छ । गीतको एरेन्ज बिनय केटुले गरेका हुन ।

अहिलेको युवापुस्तालाइ लक्षित गरि तयार पारिएको गीतको भिडियोमा सुमन तामाङ, अञ्जलि लामा साथमा प्रमोद लामाको समुहले नाचेका छन ।

त्यसैगरि भिडियोमा सन्तोस थाङ्मीको कोरियोग्राफि टेकेन्द्र शाहको सम्पादन तथा रामकुमार केसीको छायांकन तथा निर्देशन रहेका छ ।

खोटाङ जन्मथलो रहेर राजधानिलार्ई कर्मथलो बनाएको गाएक तथा संगीतकार भावुक पछिल्लो समयका ब्यस्त संगीतकार हुन ।