१३ बैशाख २०८१, बिहीबार

सन्देशमुलक गीत ‘खोजी हिडे’ बजारमा

Capture 4

पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ।

गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘खोजी हिडे’ को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् ।

दिनेश पराजुलिले छायांकन गरेको उक्त भिडियोलाई उत्तर राना मगरले सम्पादन गरेका हुन।भिडियोमा डा.प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालले समेत अभिनय गरेका छन् ।

भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन। सापकोटाले झन्डै ३०० हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानालमार्फत सार्वजनिक गरिएको छ ।