७ बैशाख २०८१, शुक्रबार

उद्धार उडान पुन: सुचारु, टिकट बुक गर्दा नै होटलको खर्च भुक्तानी गर्नुपर्ने (होटलको सुची सहित)

airline

विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुचारु हुने भएका छन् ।

दुई दिनअघि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले एक पत्र मार्फत क्वारेन्टाइनको अभाव देखाउदै उडान स्थगन गर्न आग्रह गरेको थियो । उक्त पत्रले गर्दा नेपाल वायुसेवाका बिमान बिना यात्रु रित्तै काठमाडौं फर्किएका थिए ।

तर बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धार उडानहरू स्थगनको निर्णय सच्याउँदै सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको छ ।

अबदेखी उद्धार उडानमार्फत आउने यात्रुहरुले टिकट बुक गर्दा नै होटलको खर्च भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको छ । उनीहरु काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने र होटलको खर्च पनि स्वयम्लेनै बेहोनुपर्ने छ ।

होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई भने सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने छ । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।

त्यस्तै स्वदेश फर्कदा पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने भएको छ तर पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने एक मन्त्रीले बताए ।

होटलको व्यवस्थापन जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)ले गर्नेछ । विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।