१६ चैत्र २०८०, शुक्रबार

बेवारिसे सुत्केरी महिलाको उद्धार

sutkeri rescue dailekj

दैलेख | दैलेखमा एक बेवारिसे सुत्केरी महिला र नवजात शिशुको उद्धार गरिएको छ । नारायण नगरपालिका–५ भैसीखोर नजिकै इटाडाँडाबाट बेवारिसे सुत्केरी महिला र नवजात शिशुको उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा उनिहरुलाई उद्धार गरिएको छ ।

बेवारिसे ३० बर्षीया सुत्केरी महिला, पाँच दिने नवजात शिशु र ती महिलाका चार बर्षीया छोरा समेतलाई उद्धार गरिएको हो । उनिहरु स्थानीय एक व्यक्तिले छोडेर गएको घरमा बस्दै आएको थिए । उक्त घरबाट बेवारिसे अवस्थामा रहेका सुत्केरी महिला र शिशुलाई उद्धार गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमा बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले बताए ।

उद्धार गरिएको सुत्केरी महिला, नवजात शिशु र चार बर्षीया बालकलाई बालबालिकाको आपत्तकालिन उद्धार, राहत, संरक्षण र परामर्श सेवाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालिन बाल हेल्पलाइन १०९८, महिला बालबालिका केन्द्रको संरक्षणमा राखिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । ती महिला शारिरिक रुपमा अपाङ्ग छिन् । उनको दाँया हात र खुट्टा चल्दैन् ।