७ बैशाख २०८१, शुक्रबार

रक्तश्राव नरोकिएपछि सुत्केरीको हवाई उद्धार

kailash helicopter

नेपाली सेनाको हेलिकोप्टर मार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभया ।

उहाँलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो । कार्यक्रम अन्तर्गत यसअघि पनि जिल्लाबाट सुत्केरीको उद्धार गरेर जीवन रक्षा गरिएको थियो ।