७ बैशाख २०८१, शुक्रबार

हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

kailash helicopter

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।

मङ्गलबार बिहान ११ बजे वडा नं ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडाँै लागिएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको जन्म भए पनि अर्को शिशुको जन्म हुन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको महिलाको अहिले काठमाडाँैको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।