६ जेष्ठ २०८१, आईतवार

प्रचण्ड निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण

prachanda pushpalaal smriti
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरु प्रचण्ड निवास खुमलटारको बाहिरी घेरामा खटिएका सुरक्षाकर्मी रहेका बुझिएको छ ।

बुधबार अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको साथै निवासमा कार्यरत सुरक्षाकर्मीहरुको पनि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण पश्चात ६ जना सुरक्षाकर्मीमा भाइरस संक्रमण देखिएको हो ।

सुरक्षाका लागी मुल गेटमा खटिएका सेन्ट्री लगायतका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । त्यसबाहेक रहने पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन ।