२६ बैशाख २०८१, बुधबार

बच्चा जन्मिएपछि बलात्कार घटना सार्वजनिक, पत्रिकाको ग्राहक बनाउने क्रममा बलात्कृत

Rape 2

पत्रिकाको ग्राहक बनाउने क्रममा बलात्कृत युवती २०७६ जेठ २७ गते मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा पुगेकी थिइन । उक्त पसल २२ वर्षीय सुरेश भण्डारीले चलाउँथे । उनि रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका बासिन्दा हुन ।

प्रहरी अनुसन्धानमा भण्डारीले किशोरीलाई ग्राहक बन्छु भन्दै कोठामा पैसा रहेको बताएर कोठामा लगेका थिए । उनले डेरामा जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ । बलात्कार पछि कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की समेत गरेका थिए ।

पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिइन् । २०७७ असार १४ गते जबरजस्ती करणी मुद्दामा पीडित किशोरीले जाहेरी दरखास्त दिएपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको सूचना अधिकारी गिरीले बताए ।

जबरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक बर्षे हद म्याद भएता पनि कोभिड–१९ संक्रमणको कारण देशभर बन्दाबन्दी भएकाले भण्डारीलाई खोजतलास गर्दै जाँदा मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत भक्तपुर पेश गरेकोमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।