१५ चैत्र २०८०, बिहीबार

झोलुङ्गे पुलबाट हामफाले एक वृद्ध

jholunge pul

दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट बुधबार एक वृद्ध हामफालेका छन् ।

रामेछाप जिल्ला र दोलखा जिल्लाको सिमानामा जोडिएको खिम्ति खोलाको झोलुङ्गे पुलबाट हामफल्दा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार दिउँसो १ बजेको समयमा  जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेत झोलुङ्गे पुलबाट हामफालेका हुन् ।

रामेछापको प्रहरी चौकी शिवालयलाई स्थानीयले खबर गरेपछी प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो । शव हामफालेको ठाउँदेखी अन्दाजी २ कि.मि. दक्षिण तर्फ रामेछापको गोकुलगंगा गाउँपालिका-१ ओलानेस्थित खिम्ति खोलाको भंगालोको बिचमा तैरिरहेको अबस्थामा फेला परेको प्रहरी चौकी शिवालयले जानकारी दिए।

पुलबाट हामफालेको झण्डे डेढ घण्टापछि उद्धारमा खटिएको टोलीले नदीबाट उनको शव निकालेको र पोष्टमार्टमका लागि शवलाई जिरी अस्पताल पठाइएको बोहोराले बताए ।

के कारणले पुलबाट हामफालेको भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा वृद्धले मदिरा सेवनपछि पुलबाट हामफालेको हुन सक्ने भएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोहराले बताए ।